अछामका पालिकाहरुले बनाएका क्वारेन्टाइनको सदुपयोग भएनः सभापति स्वाँर

270
SHARES
266
VIEWS

अछाम । नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले अछाममा गाँउ तथा नगरपालिकाले बनाएका भनिएका क्वारेण्टाईन खाली फेसन जस्ता मात्र भएका बताउनु भएको छ । सभापति स्वारले मंगलसेन बाहेक अन्य गाँउ तथा नगरपालिकामा बनाईएका क्वारेण्टाईनमा कोही पनि नबसेका सामाजिक संजाल फेसबुक र्माफत  उल्लेख गरेका छन् ।

सभापति स्वाँरले केहिदिन यता अछाममा बम्बैबाट आएका मानिसहरु शक्तीको दुरुपयोग गरेर बिरामी बोक्ने एम्बुलेन्समा आउने र चौखुट्टेमा पुग्दा जनप्रतिनिधी जिम्मा लिने कुरा खुल्नमा आएको उल्लेख गर्नु भएको छ ।

भारतबाट अबैध नाका प्रयोग गरि पैदलमार्ग बाट अछाम आउनेक्रम जारी रहेको भन्दै सभापति स्वाँरले यस्तो विषम परिस्थितिमा समयमै सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले हेल्च्याक््रयाई गरेमा अछाममा भुसमा आगो लागे सरह भई माहामारिको रुपमा आएको कोरोनाले सबैलाइ सखाप पार्न सक्ने कुरा उल्लेख गर्नुभएको छ ।

भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा नबसी गाउमा जथाभावी घुम्फिर गर्ने, गाउका पसलमा मदिरा सेबन गरी जथाभावी बोल्ने, गाली गनकाम भईरहेको सभापति स्वारको भनाई छ । सभापति स्वाँरले जिल्लामा भएका स्वास्थ केन्द्रहरुमा आवश्यक उपकरण, विज्ञ स्वास्थ्यकर्मी नभएको भन्दै यसका लागि स्थानिय तथा प्रदेश सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार