युक्रेनमा कोरोनाका कारण एक महिलाको ज्यान गएको छ । उनको सन्तानलाई जन्म दिएको केहि घण्टामै ज्यान गएको हो । उक्त महिलाको नाम गलिना हो । उनले बच्चालाई जन्म त दिइन तर कैलै नर्फकने गरि संसार छाडेर गइन । गलिना ३६को उमेरमा पहिलो पटक आमा बनेकी थिइन् ।
आमाको मातृत्व अनुभव गर्न नपाई प्राण गएकी उनको मार्च १० का दिन कुनै लक्षण नदेखिएपनि ती गर्भवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । उनको पश्चिमी युक्रेनको इनाभो–फ्रान्किभ्स्क शहरमा मृत्यु भएको जनाइएको छ ।
मार्च २९ मा २.५ किलोग्रामकी छोरीलाई जन्म दिएकी गलिना लामो समय देखि निमोनियाले ग्रस रहेकी थिइन् । सुत्केरी भएलगत्तै अवस्था कमजोर हुदै गए पछि उनको मृत्यु भएको थियो ।
Discussion about this post