यो साता अति शुभ छ यी राशिको भाग्य, हेर्नुहोस् राप्ताहिक राशिफल

3k
SHARES
1.8k
VIEWS

मेष :अध्ययनमा सफलता प्राप्त हुनेछ भने नयाँ कार्य थालनी हुन सक्छ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। व्यावसायिक काममा पनि फाइदा हुनेछ। तर स्वास्थ्य र प्रतिष्ठा जोगाउन सुरक्षामा ध्यान पुर्याउनुहोला। बीचमा स्वास्थ्यचिन्ताले सताउनेछ। काममा केही अवरोध देखिए पनि पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। टाढा रहेका प्रियजनको यादले सताउन सक्छ। आम्दानी भए पनि व्यावारिक चुनौती सामना गर्नुपर्ला। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहने देखिन्छ, सजग रहनुहोला।

बृष : अरूको भर पर्दा लक्ष्यमा पुग्न समस्या पर्नेछ। पारिवारिक समस्याले काममा विलम्ब हुन सक्छ। तापनि आफन्तको सहयोग जुट्नाले चिताएको काम बन्नेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। निम्तो आए पनि आतिथ्यप्रति सजग रहनुहोला।

मिथुन  : सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मंगलवार र बुधवार पारिवारिक असमझदारी देखिए पनि चिताएको काम सम्पन्न हुनेछ। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला।

कर्कट : सामान्य विवाद भए पनि बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। योजनाहरू गोप्य राख्नुहोला। सप्ताहान्तमा भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले प्रतिष्ठा दिलाउनेछ।

सिंह : स्वास्थ्य कमजोर देखिए पनि आफन्त नजिकिनाले मन प्रफुल्ल हुनेछ। इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। सोमवारदेखि परिस्थितिवश केही बाधा होला। वादविवादले काममा समस्या निम्त्याउनेछ। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। अरूको भर पर्दा समस्या देखिए पनि बुधवारपछि स्थितिमा सुधार आउनेछ। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ। आफन्तको सहयोग जुट्नाले अवरोध पनि हट्नेछ।

कन्या : प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। रकम जोहो गर्न सरसापट लिनुपर्ला। सोमवारपछि आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि चुनौतीपूर्ण रहनेछ। स्वास्थ्य र काममा समस्या आउने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। बिहीवारदेखि अध्ययनमा ध्यान केन्द्रित हुनेछ। व्यावसायिक काममा पनि मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ।

तुला  : पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। सहयोग र सरसापटमा केही रकम भने बाहिरिन सक्छ। मंगलवार र बुधवार खर्च बढ्नुका साथै अधिक रकम आवश्यक पर्न सक्छ। तापनि पछिका लागि लगानी गर्ने मौका जुट्नेछ। सोखले खर्च निम्त्याए पनि पछिका लागि सामान जोहो गर्ने समय छ। सप्ताहान्तमा पनि भविष्यको मार्ग्चित्र कोर्ने समय छ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ।

बृश्चिक : प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थ्यका लागि भने अलि सजग रहनुहोला।

धनु : प्रारम्भमा केही चुनौती देखिए पनि सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। मिहिनेतको प्रतिफल तत्काल हातलागी नहुन सक्छ। अवसरका लागि एउटै काम दोहोर्याएर गर्नुपपर्ला। केही हिस्सा अरूका लागि खर्च गर्नुपरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ। तर सप्ताहान्तमा भने फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आम्दानी बाहिरिनाले पनि धन सञ्चय गर्न नसकिएला।

मकर : प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अरूको स्वार्थमा उपयोग भइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि सोमवार साँझदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउन सकिनेछ। पहिलेका चुनौती पार लगाएर लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा आम्दानी बढ्नेछ र सामाजिक प्रतिष्ठा पाइनेछ।

कुम्भ : प्रारम्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियभेट हुनाले मनमा आनन्द मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर सोमवार साँझदेखि अर्थ अभावले सताउन सक्छ। अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। बुधवार साँझदेखि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि रोकिएका काम बन्नेछन्।

मीन : बीचमा केही उतारचढाव आए पनि साता समग्रमा फलदायी रहनेछ। प्रयत्न गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कामको सफलताले थप ऊर्जा मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले अधिकार र प्रतिष्ठा स्वतस् प्राप्त हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। व्यवसायका लागि केही चुनौतीपूर्ण यात्रा गर्नुपर्ने हुन सक्छ। परिस्थितिजन्य समस्या आए पनि सप्ताहान्तमा भाग्यले साथ दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार