लकडाउनमा कडाई गरिने, अब एक स्थानीय तहदेखि अर्कोमा जान नपाइने

329
SHARES
237
VIEWS

काठमाडौं । सरकारले लकडाउन अर्थात् बन्दाबन्दीलाई थप कडाई गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गर्दै कडाई गरेको हो ।

सरकारले कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यान दिँदै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन फेरि थपेर चैत २५ गतेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे अहिले कुनै निर्णय नगरेको र आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने जानकारी मन्त्री खतिवडाले दिए । कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा कोरोनाको परीक्षणलाई तीव्रता दिने निर्णय पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार