प्रधानमन्त्री ओलीसँग राजीनामाको विकल्प छैन: काँग्रेस नेतृ खनाल

472
SHARES
171
VIEWS

काठमाडौं, २२ चैत्र । नेपाली काँग्रेसकी नेतृ रीता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामाको विकल्प नभएको बताएकी छिन् । उनले महामारीसँग सिंगो देश संघर्षरत रहँदा सरकार भ्रष्टाचार र कमिशनमा लिप्त भएको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामाको माग गरेकी हुन् ।

‘महामारीको बखत भ्रष्टाचारका घटनाहरु सप्रमाण खुलिसकेपछि सरकारको औचित्य समाप्त भइसक्यो,’ खनालले रिपोर्टर्स नेपालसँग भनिन्, ‘प्रधानमन्त्रीले राजीनामा दिई छानविनको बाटो खुल्ला गर्नुपर्छ ।’

बढी मूल्यमा औषधी खरिदका लागि टेण्डर दिएर गुणस्तरहीन सामाग्री ल्याएको घटनालाई ओझेलमा पार्न नमिल्ने भन्दै तत्काल नैतिक जिम्मेवार लिएर पदबाट हट्नुको विकल्प नभएको बताइन् । घटनामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सबै जिम्मेवार रहेकोले निष्पक्ष छानविनको माग गरिन् ।

खनालले सीमामा रोकिएका नेपालीलाई तत्काल नेपाल प्रवेश अनुमति दिई क्वारेन्टाइनमा राख्न माग गरिन् । देश छिर्न पाउने अधिकारबाट कसैलाई वञ्चित गर्न नहुनेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार