माधब तिमिल्सैना, अछाम । कोरोना भाईरस अर्थात (कोभिड १९)को रोकथाम तथा नियन्त्रण सम्बन्धमा पञ्चदेवल बिनायक नगरपालीकाद्धारा स्थापित कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पञ्चदेवल फाउण्डेसन नेपालले सहयोग गरेको छ ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको यस संस्थाले आज पञ्चदेवल बिनायक नगरपालीकालाई ५०० पीस मास्क,९ पीस सेनिटाईजर, ४०० पीस साबुन र ३ पेटी बिस्कुट पञ्चदेवल फाउण्डेसन नेपालका अध्यक्ष ललीत शाहीले हस्तान्तरण गर्नुभएको छ ।
सहयोग हस्तान्तरण गर्दै पञ्चदेवल फाउण्डेसन नेपालका अध्यक्ष शाहीले यो समयमा स्वास्थ्यको बिषेश ख्याल गर्न, पटक पटक हात धुन, घर बाहिर ननिस्कन सबैमा अपिल गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा पञ्चदेवल फाउण्डेसन नेपालका सल्लाहकार बम बहादुर बिसि, पञ्चदेवल बिनायक नगरपालीकाका प्रमुख देवराज देवकोटा, उपप्रमुख अम्विका चलाउने, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम माझी, विपत व्यवस्थापन शाखा प्रमुख भरतराज अधिकारी, स्वास्थ्य संयोजक लक्ष्मीकान्त बजगाई,नेकपा जिल्ला सचिवालय सदस्य भिम बिष्ट, योगेन्द्र विष्ट, नेकपा जिल्ला कमिटि सदस्य बखत कडायत, नेकपा नगरकमिटि अध्यक्ष नितेशकुमार रिमाल रहनुभएको थियो ।
त्यस्तै पञ्चदेवल बिनायक नगरपालीका वाड नं. ३ का वडाअध्यक्ष सुरेन्द्र कुमार शाही, नेपाल शिक्षक महासंघ जिल्ला समिति सचिव राम बहादुर शाहीे प्रहरी लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post