भनिन्छ, विवाह गर्दा हरेक जोडीको सपना हुन्छ, जीवनभर संगै जिउने, संगै मर्ने। तर धेरैको सपना वास्तविक जीवनसँग मेल खाँदैन। वैवाहिक जीवनको लामो यात्रा सँगसँगै तय गरेको अछामको एउटा जोडीको भने यस्तो संयोग देखियो। मृत्यु अवश्य पनि नमिठो हुन्छ। तर संयोग भनौं वा भवितव्य अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा यस्तो घटना भएको हो ।
बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर १ गाँज्रामा श्रीमनको देशवसान भएको भएको केहि घण्टामा उनकी धर्मपत्नीले सँसारबाट बिदा लिईन । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर १ गाँज्रामा वस्दै आएका गगन खड्काको बुधवार राती ११:३० बजे निधन भएको थियो । क्यान्सर रोगवाट पिडित खड्का डेढ महिना अघिमात्रै भारतबाट उपचार गरि गाउँ फर्किएका थिए । श्रीमानको निधनसँगै ६० बर्षीया पत्नी जानकि खड्का शोकाकुल र भावविहल बनेकि थिईन ।
बुधवार राती प्राण त्यागेका खड्काको अन्त्यष्टिका लागी आफन्तहरुले उनको शवलाई बिधिपुर्वक बुढिगँगा लिईरहेका थिए । गाउँबाट खड्काको शवलाई अन्त्यष्टिका लागी घरबाट केहि टाढा सालामाडुमा पुर्याईसके पछि उनकी धर्मपत्नी जानकी खड्काले पनि सँसारबाट विदा लिएको खवर आयो ।
बिहिवार बिहान करिव सवा ११ बजे उनले पनि प्राण त्यागेको स्थानीयले मलामीहरुलाई खवर गरेसँगै केहि मलामीहरु फर्किएर खड्काकी पत्नीको शव लिएर बुढिगँगा नदिमा पुगेका थिए । श्रीमानले प्राण त्यागेको केहिबेरमै पत्नीले पनि सँसारबाट विदा लिएपछि स्थानीय भावविहलसँगै आश्चर्यमा परेका स्थानीय राम बहादुर थापाले जनकारी दिएका छन । १ छोरा र २ छोरी गरि ३ सन्तान रहेका खड्का दम्पतीको उनका छोरा महेन्द्र खड्काले विहिवार साँफेबगर स्थित बुढिगँगा नदिमा अन्त्यष्टि गरेका छन ।
Discussion about this post