चन्द्र प्रसाद भाट,अछाम,कोरोनाको सम्भाबित जोखिम लाई मध्यनजर गर्दै कमलबजार नपा वडा न : ८ स्थित कालीका आधारभुत बिद्यालयका प्रध्यानाध्यापक कम्मान सिँ चलाउने ३०० मास्क आफ्नै लगानीमा उपलब्ध गराउनुभएको छ ।
वडामा कोरोना को सँक्रमण फैलिन नदिनका लागी आफुले सानै भएपनि यो अभियानको सुरु गरेको बताउनु भएको छ । यो समयमा कोरोना भाईरस बिश्वभर भयाभह बन्दै गैरहेकाले यसको जाखिम बाट केहि मात्रामा सुरक्षित रहनका लागी आफुले मास्क बितरण गरेको चलाउने ले बताउनु भयो ।
आफुले बितरण गरीएको मास्क वडा अध्यक्ष नैन बहादुर बिस्ट र स्वास्थ्य चौकी ढाँकुका ईन्चार्ज तिर्थु राना लाई आजै हस्तान्त्रण गरीएको समेत उहाँले बताउनु भयो ।
यसैबिच नेपाल कम्न्युक्ष्ट पार्टी नेकपा कमलबजार नगरपालीका वडा नः ८ का वडा कमिटिका अध्यक्ष प्रजा बहादुर बोगटीले आफै लगानीमा ३ सय वडा हात धुने साबुन हस्तान्त्रण गर्नुभएको छ ।
आफ्नो वडाका जनता लाई सरसफाईमा ध्यान दिन आग्रह गर्दै बोगटीले साबुन बितरण गर्नुभएको हो । वडा कार्यालय र स्वास्थ्य चौकी लाई हस्तान्त्रण गरीएका मास्क र साबुनहरु महिला स्वास्थ्य स्वयमसेबिका मार्फत आजै घरघरमा बितरण गर्ने कार्य पनि सुरु गरीएको वडा कार्यालयले जनाएको छ ।
यता नेपाल कम्न्युस्ट पार्टी नेकपा कमलबजार नगरपालीका वडा नः ७को वडा कमिटी ले पनि वडाका गरीब,बिपन्न र असहाय परीवार लाई मास्क र साबुन बितरण गरेकोछ ।
नेकपा नगरकमिटि को आर्थिक सहयोग र वडा कमिटिको समन्वयमा उक्त सामाग्री बितरण गरीएको वडा कमिटिका अध्यक्ष कर्ण बहादुर बोहरा ले जानकारी दिनुभयो ।
वडा कमिटिले ७२ पिस साबुन र ४५ पिस मास्क बितरण गरेको नेकपा वडा कमिटिका इन्चार्ज एबम् नगर सचिवालय सदस्य लाल बहादुर बिस्टले जानकारी दिनुभयो ।
Discussion about this post