चन्द्र प्रसाद भाट
अछाम ।नेपाल कम्न्युष्ट पार्टि नेकपा कमलबजार नगर कमिटिले बिश्वमा हलचल मच्चाई रहेको कोरोना भाईरस अर्थात (कोभिड १९) को सम्भाबित जोखिम लाई मध्यनजर गर्दै नगरका १० आटै वडामा मास्क र साबुन बितरण गरेको छ ।
नेकपा कमलबजार नगर कमिटिका अध्यक्ष खेम जैशिको नेतृत्वमा स्वास्थ्य सामाग्री बितरण गरीएको बताईएको छ । बिश्वलाई नै तरँगित बनाईरहेको यस भाइरस बाट सुरक्षित रहनका लागी नगर कमिटिले यो अभियानको सुरुवात गरेको नगर कमिटि अध्यक्ष जैशिको भनाई छ । पार्टिले प्रत्येक वडामा ७२ प्याकेट साबुन र ५० वटा मास्क बितरण गरीएको उहाँको भनाई छ ।
वडाका गरीब,असहाय,बिपन्न परीवार हरुलाई सामाग्री बितरण गरीएको बताईएको छ । पार्टिमा आबद्ध नेता तथा कार्यक्रता गाउँमै पुगी उक्त समाग्री बितरण गरीएको हो । यो सँकटको समयमा नगरका जनताको स्वास्थ्य लाई ध्यानमा राखि पार्टिले यो कार्यक्र अघि सारेको पनि नेकपाले जनाएको छ ।
सामाग्री बितरण गर्दै नगर कमिटिका अध्यक्ष खेम जैशि नेतृत्वको टोलीले कोरोना भाईरस तिब्र गतिमा फैलिरहेकाले यसको जोखीम बाट बच्न नेपाल सरकारले गरेका सम्पूर्ण निर्णयहरुको पालना गर्न पनि आम नागरीकमा आग्रह गरेको छ ।
यो समयमा अनावश्यक भिडभाडमा नजान,एक अर्का सँग भेटघाट नगर्न र दैनिक सरसफाईमा ध्यान दिन पनि नेकपाले आग्रह गरेको नगर कमिटिका अध्यक्ष जैशिले जानकारी दिनुभयो ।
Discussion about this post