‘लकडाउन’को वेलामा घर बाहिर जान नएिको भन्दै एक जनाले आत्माहत्या गरेको छ । यो समाचार भारतको गुजरात स्थित जामनगरको हो । कोरोना भाइरस फैलनबाट रोक्नका लागि भारत सरकारले २१ दिनको लकडाउन लागू गरेपछि ती युवाले घर जान नपाएपछि झुन्डिएर आत्मा हत्या गरेका हुन् । गुजरातको जामनगरमा लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाउँदा २१ वर्षका ती युवाले आत्महत्या गरेका छन् ।
‘लकडाउन’को चौथो दिन गुजरातको जामनगरमा कौशिक मन्डेराले झुण्डिएर आत्महत्या गरे । युवक राजकोटमा मजदुरी गर्दथे । लकडाउनका कारण उनी आफ्नो घर जामनगर पुगे । उनी घरबाट बाहिर निस्कन पाएनन् । कौशिकका पिताले पुलिससँगको कुराकानीम उनको छोरा घरबाट बाहिर निस्कन नपाएपछि तनावमा थिए । राती उनले पछ्यौरालाई पासो बनाएर पङ्खामा झुण्डिए ।
त्यस्तै, भारतकै तमिलनाडुको थेनी जिल्लामा होम क्वारेन्टिनमा राखिएका एक पुरुष घरबाट बाहिर निस्किएर वृद्धाको टोकेर हत्या गरेका छन । थेनी जिल्लामा ३२ वर्षीय युवकले छिमेकी वृद्धा महिलाको टोकेर हत्या गरेका छन् ।
आरोपी युवकको नाम मणिकन्दन हो । उनी केही दिन अघि मात्रै श्रीलङ्काबाट फर्किएका थिए । श्रीलङ्काबाट आउने वित्तिकै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । भारतीय प्रहरीका अनुसार शुक्रबार उनी नग्न अवस्थामा घरबाट भागे र वृद्धा महिलामाथि हमला गरे । वृद्धाको घाँटीमा उनले थुप्रै पटक टोकेका थिए जसका कारण उनको मृत्यु भयो । पुलिसले मणिकन्दनलाई पक्राउ गरेको छ । उनको कोरोना भाइरसको परीक्षण गरिएको छ साथै उनको मानसिक स्थितीबारे पनि परीक्षण गरिँदैछ । अनलाइनपाना बाट
Discussion about this post