चन्द्र प्रसाद भाट,१६ चैत्र,अछाम,प्रतिनिधि सभाका सदस्य एबम् अछाम क्षेत्र नः २ बाट निर्बाचित साँसद यज्ञ बहादुर बोगटले बिश्व आतँकित पारीरहेको कोरोना भाईरस (कोभिड १९) बाट नआँत्तिन आफ्ना मतदाता लाई आग्रह गर्नुभएको छ । काठमाण्डौमा सेल्फ क्वारेन्टाईनमा रहनुभएका साँसद बोगटीले यस भाईरसबाट त्रसित नभई सावधानी अपनाउन आग्रह गरेका हुन । यसबाट आँत्तिहाल्नु पर्ने अवस्था नरहेपनि सावधानी भने अपनाउनु पर्ने बताए ।
यसको जोखिम बाट बच्न र बचाउनका लागी आफुले टेलिफोन बाटै भएपनि जिल्लाका उच्चतम निकाय,जनप्रतिनिधि हरु सँग निरन्तर सम्पर्कमा रहेको बताउनु भएको हो । अछाम क्षेत्र नः २ का बिभिन्न स्थानहरुमा निर्माण गरीएको क्वारेन्टाईन हरुलाईं ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागी बारम्बार निर्देशन दिईरहेको पनि बताउनु भयो ।
भारतबाट घर फर्किएका अछामी दाजुभाई हरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राख्नका लागी प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल सँग पनि आवश्यक प्रक्रिया मिलाईदिन आग्रह गरेको बताउनु भयो । कोरोना भाईरस परीक्षण र यसको रोकथामका लागी चिनले पठाएका स्वास्थ्य सामाग्रीहरु नेपाल पुगिसकेको जानकारी दिदै उहाँले उक्त सामाग्री आजै ७ ओटै प्रदेशमा पठाउन लागीएको समेत जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा पनि १ जनामा कोरोना सँक्रमण पुष्टि भैसकेकाले यसको थप सँक्रमण बाट जोगीन थप सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो ।
उक्त सामाग्री प्रदेशमा पुगिसकेपछि प्रत्येक जिल्लामा पठाईने समेत बताउनुभयो । यसको ब्यवस्थापन का लागी स्वास्थ्य मन्त्रालयमा पनि आफुले कुरा राखिरहेको बताउनुभयो । यसको नियन्त्रणका लागी प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताउँदै बोगटीले स्थानिय सरकारले पनि उक्त बजेट लाई सहि रुपमा कार्यान्वयन गर्नका लागी सुझाब दिनुभयो । आफुलाई चाहिने आवश्यक स्वास्थ्य सामाग्रीहरु खरीद गर्ने अधिकार स्थानिय तहलाई दिईएको बताउँदै उहाँले यसको ब्यवस्थापनका लागी स्थानिय सरकार पनि जिम्मेवार बन्नुपर्ने बताए ।
कमबलजार प्राथमिक स्वास्थ्य केन्द्र्र्र्र्र्रमा स्वास्थ्यकर्मिको अभाब रहेको बताउँदै बोगटीले तत्काल का लागी जिल्ला अस्पताल बाट स्वास्थ्यकर्मि पठाईदिन प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले पनि यस बिषयमा सकारात्मक प्रतिक्रिया दिएको पनि बताए । अहिले यो सँकटको घडिमा सबैकाम हरु ठप्प रहेकाले यसको नियन्त्रण पछि अछामी जनताको कामका लागी निरन्तर खटिने बताउनुभयो ।
कोरोना भाईरस बाट बच्नका लागी सरकारले आह्वान गरेको यो लकडाउन सिस्टम लाई सबैले कार्यान्वयन गर्न पनि आम जिल्लाबासिमा अपिल गर्नुभयो । स्वास्थ्य भए सबैकुरा सम्भब हुने भन्दै उहाँले सरकारको यो अभियानमा साथ दिनपनि आग्रह गर्नुभयो । सबै जिल्लाबासि लाई सम्बोधन गर्दै बोगटीले सबै नागरीकले सुरक्षित तरीकाले आफ्नै घरभित्र बस्नुपर्ने कुरामा जोड दिनुभयो ।
यो सँकटकालीन समयमा सबै नागरीकले स्वस्थ्य रहन नियमित रुपमा सरसफाईमा ध्यान दिनुपर्ने पनि बताए । यो लकडाउन को समयमा घरभित्रै बसि आफ्ना परीवार सँग रमाईलो गर्दै दिनचर्या बिताउनु पर्ने बताए । यो समयमा पत्रपत्रिका पढ्न,किताबहरु पढ्न,टेलिभिजन हेरेर पनि दिनचर्या बिताउन र सुरक्षित रहन पनि जिल्लाबासिमा आग्रह गर्नुभयो ।
Discussion about this post