कोरोनाका कारण एकै दिन ३५ सय भन्दा बढीको मृत्यु

151
SHARES
838
VIEWS

काठमाडौं : कोरोना संक्रमण (कोभिड-१९) बाट एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सबै भन्दा धेरै इटालीमा एकै दिन आठ सय ८९ जनाको मृत्यु भएको छ।

स्पेनमा एकै दिन ८ सय ४४ जना मृतक थपिएका छन्। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने स्पेनमा पाँच हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ

अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ। यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ।

विश्वभर ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भइसकेका छन्। एजेन्सी |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार