भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१

498
SHARES
162
VIEWS

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ।

तमिल नाडू, राजेस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक९एक जनाको मृत्यु भएको हो। केरलामा अहिलेसम्म एक जनाको मात्रै मृत्यु भए पनि १७६ संक्रमित बिरामीहरू रहेका छन् जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन्।

गएको २४ घण्टामा भारतमा एक सय ४९ नयाँ संक्रमित बिरामी थपिएका छन्। त्यहाँ अहिले कोरोनाभाइरस संक्रमित बिरामीको संख्या आठ सय ७३ पुगिसकेको छ। –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार