नेपालमा अर्की १९ वर्षीया युवतीमा भेटियो कोरोना भाइरस

604
SHARES
698
VIEWS

काठमाडौं । नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो।

बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङ निवासी ती १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। उनका अनुसार ती युवती अहिले चिकित्सकको निगरानीमा उपचार गरिरहेकी छन्। देवकाटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो।

उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएको खुलेको छ। यसअघि फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएको थियो। उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार