चन्द्र प्रसाद भाट,अछाम,बिश्वभर कोरोनाको सन्त्रास फैलिरहेका बेला अछामको कमलबजार नगरपालीकाले पनि यसबाट सुरक्षित रहन बिषेश पहल अगाडी बढाएको छ । बिश्व नै आतँकित पारेको कोरोना भाईरस अर्थात (कोभिड १९) को सम्भाबित जोखिम बाट बच्न र बचाउनका लागी नगरपालीकाले पनि तयारी थालेको हो । नगरपालीकाले निर्माण गरेको भवनमा १३ शैयाको क्वारेन्टाईन निर्माण गरीएको छ ।
शहर तथा बिदेशबाट घर फर्किएका आफ्ना नगरका जनताको स्वास्थ्य लाई मध्यनजर गर्दै नगरपालीकाले क्वारेन्टाईन स्थापना गरेको नगरपालीकाका प्रमुख ओम प्रकाश बिस्टले जानकारी दिनुभयो । उनका अनुसार कोहि ब्यक्तिमा सँकास्पद लागेमा उसलाई क्वारेन्टाईनमा राखिने छ ।
कोरोनाको सँक्रमणल बाट बच्नका लागी नगरका १० वटै वडामा समिति समेत गठन गरीएको जानकारी दिनुभयो । यसको नियन्त्रणका लागी माथिल्लो निकाय सँग पनि निरन्तर आफु सम्पर्कमा रहेको पनि जानकारी दिनुभयो ।
हिजोमात्रै गौरीफन्टा नाकाबाट उद्धार गरी अछाम पुर्याईएका नगरका आफ्ना ८ जना नागरीकको स्वास्थ्य अवस्थाको बारेमा नगरले चाँसो राखेको पनि नगर प्रमुख बिस्टले बताउनुभयो ।
आफ्नो नगरपालीकामा कोहि ब्यक्ति लाई कोरोनाको सँका लागी जिल्ला बाहिर रिफर गर्नुपर्ने भए त्यसका लागी आवश्यक सबै आर्थिक ब्यवस्था नगरपालीकाले नै बेहोर्ने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।
उसबाट आँत्तिहाल्नु पर्ने अवस्था नरहेको भन्दै उहाले सचेतना भने अपनाउनु पर्ने कुरामा जोड दिनुभयो । यो रोगले सँक्रमण गरीहाल्छ कि भनेर त्रसित नहुन पनि आग्रह गर्नुभयो ।
नगरप्रमुख बिस्टले यो समयमा अनावश्यक भिडभाडमा नजान र एक अर्कासँग भेटघाट नगर्न पनि आग्रह गर्नुभएको छ । आपतको घडिमा आफ्ना नागरीकहरु लाई पुर्ण रुपमा सहयोग गर्न नगरपालीका तत्पर रहेको पनि उनको भनाई थियो । आवाज ओमप्रकाश
अत्यावश्यक काम बाहेक कसैलाई पनि आफ्नो नगरपालीका प्रबेश गर्न नदिईएको पनि उहाँले बताउनु्भयो । क्वारेन्टाईनमा बस्ने ब्यक्तिको खानपिन र कपडा को ब्यवस्था गर्न नेपाल रेडक्रस सोसाईटिले सहयोग गरेको छ । सहर तथा बिदेश बाट गाउँ फर्किएका कोहि दाजु भाईहरुमा रुघाखोकि तथा ज्वरो आएमा तुरुन्तै खबर गर्न र स्वास्थ्य सँस्थामा गई उपचार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
Discussion about this post