माधब तिमिल्सैना
अछाम । रामारोशन गाउपालीकाबाट बिनायक बजारतर्फ ल्याउदै गरेको अवस्थामा सनिबार पञ्चदेवल विनायक नगरपालीका २ स्थित काप्लेगडा भन्ने ठाउमा फेला पारेको अबैद घरेलु मदिरा बरामद गरि नस्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यलय बिनायकबाट सनिबार विहान ५ बजे प्रहरी हवलदार सुरेन्द्र सिह बोहोराको कमाण्डमा खटिएको गस्ती टोलीले रामारोशन गाउपालीकाबाट बिनायक बजारतर्फ ल्याउदै गरेको अवस्थामा १२५ लटिर अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बरामद मदिरा आज पन्चदेवल विनायक नगरपालिका वडा न २ का कार्यबाहक अध्यक्ष पदम बहादुर शाही , पत्रकार, ,वुद्दि जिवि लगायतको रोबहरमा इकाला प्रहरी कार्यलय बिनायकमा नष्ट गरिएको छ ।
Discussion about this post