अहिलेसम्म सत्तारुढ दल नेकपाका ६ उच्च तहका नेता युवती काण्डमा तानिएका छन् । युवती काण्डमा तानिने सभामुख, संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सांसद, पूर्वमन्त्री छन् । युवती काण्डका कारण उनीहरु बदनाम मात्रै भएका छैनन्, पद समेत गुमाएका छन् ।
युवती काण्डमा बदनाम भएर पद गुमाउन पुग्ने नेकपा नेताको पहिलो नम्बरमा पर्छन पूर्वसभामुख कृष्णबहादुर महरा । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबर्जस्तीकरणी गरेको आरोपमा महराmले सभामुख पद गुमाउनु प¥यो । तीन महिनाभन्दा बढी समय जेलमा बिताउनु पर्यो । अहिले भने मुद्दामा जिल्ला अदालत काठमाडौंले महरालाई सफाइ दिइसकेको छ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अहिले युवती काण्डको झमेला व्यहोरीरहेका छन् । पूर्व अखिल कार्यकर्ता बालिका खड्काले आफूलाई राईले श्रीमती बनाएर राखेकाले सम्पत्ति मागेर मुद्दा दायर गरेकी छन् । मुख्यमन्त्री राईमाथि खड्काले जबर्जस्तीकरणीको आरोप पनि लगाएकी छन् । तर, राईले भने आफ्नो राजनीति सिध्याउन षड्यन्त्र भएको दाबी गर्दै आएका छन् ।
पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतमाथि पनि यौन हिंसा गरेको आरोप लागेको छ । सल्यानबाट प्रतिनिधिसभामा निर्वा्चित बस्नेतमाथि सल्यानकै एक महिलाले गम्भीर आरोपसहित खुलापत्र पठाएकी छिन् । पत्रमार्फत उनले सांसद बस्नेतलाई रकम सापट दिएको, तर फिर्ता माग्दा यौन हिंसा गरेको आरोप लगाएकी छन् ।
केटी काण्डमै प्रदेश नम्बर ३ को भौतिक योजना तथा निर्माण मन्त्रीबाट केशव स्थापितले राजीनामा दिनु प¥यो । उनीमाथि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमार्फत आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी हुन् । महिलासँग नाम जोडिएर आएपछि उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका थिए ।
यस्तै, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पनि केटी काण्डकै कारण पद गुमाए । उनलाई धनगढीकी एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । सोडारीमाथि भ्रष्टाचार गरेको आरोप पनि थियो । यसैगरी, सुदूरपश्चिम प्रदेशका सांसद अक्कलबहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांसद रावलले विवाहित महिलामाथि बलात्कार गर्न खोजेको आरोप लागेको हो ।
पार्टी एकताभन्दा पहिले तत्कालीन माओवादीको प्रमुख सचेतक रहेका रावल एकतापछि नेकपा संसदीय दलको सचेतक भएका हुन् । यस्तै, नेकपा कैलाली अध्यक्ष रतन थापा पनि केटीकाण्डमा मुछिएका छन् । उनको त एक महिलासँग गरेको अश्लील टेप नै सार्वजनिक भएको थियो । अभियान टाइम्सबाट ।
Discussion about this post