गाँजा फुकुवा सम्बन्धि राजधानीमा अन्तरक्रिया

26
SHARES
147
VIEWS

राजधानीमा गाँजा फुकुवा सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ। नेपालमा पछिल्लो समय गाँजा फुकुवाको बहस पेचिलो बन्दै गइरहेको बेला नेपाली कांग्रेस युवा नेता ऋषिकेश जंग शाहले गाँजा फुकुवा गर्नका लागि अन्तरक्रियाको आयोजना गरेका हुन।

शाह पछिल्लो समय नेपाली कांग्रेसले गाँजा माथी भएको प्रतिबन्ध फुकुवा गर्न पार्टीले पनि एजेन्डा बनाउनुपर्छ भन्दै कांग्रेस भित्र बहस पैरवी गर्दै आएका छन। उनले गाँजा माथिको प्रतिबन्ध फुकुवा गर्नका लागि गाँजा प्रतिबन्ध फुकुवामा लागेका स्वतन्त्र बिज्ञहरु सँग सहकार्य गर्दै यो अभियानमा लागेका छन।

काठमाडौंको लाजिम्पाटमा रहेको होटल सम्पदा गार्डेनमा शाहले गाँजा प्रतिबन्ध फुकुवाका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका पुर्व सचीव भिम उपाध्याय,आर्युवेदका बिज्ञ प्राध्यापक डाक्टर ऋषिराम कोइराला, रसायनशास्त्रका प्राध्यापक डाक्टर निरन्जन पराजुली, काठमाडौं बिश्वबिद्धालयका प्राध्यापक राजेन्द्र ज्ञावाली,चिकित्सक डाक्टर सम्मोद आचार्य,राजीब काफले (एचआईभी तथा लागु औषधमा क्रियाशील र गाँजाको बारेमा जानकार), सामाजिक अभियान्ताहरु सुर्जित दत्त र अभिषेक राज सिङ थापाको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार