लामो समय नेपाली गीत संगीतमा त्याग गरेकी प्रबिशाले अहिलेको समयमा धेरैको मन जित्न सफल भएकी छिन् । अहिलेको समय चाहे नेपाली फिल्मको गीत होस या अरु गीत आफ्नो स्वरको राम्रै जादु चलाएकी प्रविशा अधिकारीकाे “बतास” बोलको नया गीत अहिले बजारमा आएको छ ।
प्रस्तुत गीतमा रमेश दाहालकाे शब्द तथा कमल खनालको संगित र एरेन्ज रहेकाे छ । सान थापाको निर्देशन रहेकाे गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेकाे छ ।
गीतमा प्रविशाकै अभिनय देख्न सकिन्छ ।
Discussion about this post