लक्ष्मि धामी,अछाम,पञ्चदेवल विनायक नगरपालिकामा महिलासंग उप प्रमुख तथा सुत्केरी पोषण प्रोत्साहन कोसेली कार्यक्रम आजबाट सुरु भएको छ । आ.व.०७६/७७को वार्षिक स्विकृत कार्यक्रम अनुसार बहुक्षेत्रिय पोषण योजना कार्यक्रमको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाही अध्यक्षतामा भएको कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर उप प्रमुख अम्बिका चलाउने प्रमुख अतिथी रहनु भएको थियो ।
प्रमुख अतिथीले सुत्केरी आमा तथा बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम निति तथा मार्फत नतै सन्चालन गरेकोृ बताउनुभयो । साथै उहाँले आगामी दिनमा पनि निरन्तर महिला र बालबालिकाको पोषण सुधारका लागि आफु तत्पर रहेको बताउनुभयो ।
उप प्रमुख चलाउनेले आफ्नो बालबालिकाको पोषणमा आमाको महत्वपूर्ण भूमिका रहने भएकोले हरेक आमाले वच्चाको भविश्य सुनिश्चितताका लागि सरकारले दिर्एको बालपोषण भत्तालाई सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममै नगर उप प्रमुख चलाउनेले सुत्केरी आमाहरुलाई एक ्एक झोला,२ प्याकेट आयोडिनयुक्त नुन,२ वटा नुहाउने साबुन,एक क्यारेट अन्डा,र एक किलो चना हस्तान्त्रण समेत गर्नुभएकोथियो ।
कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर कार्यपालिका सदस्य मिरा नेपाली,कृषि विकास शाखाका सँयोजक महाजित वि.क.,पशुसेवा शाखाका नायब पशुसेवा प्राविधिक हरिचन्द्र बोगटी लगायतको उपस्थिती रहेकोथियो । कार्यक्रमको सन्चाललन र सहजिकरण बहुक्षेत्रिय पोषण शाखाका प्रमुख हँशराज अधिकारी ले गर्नुभएको थियो ।
Discussion about this post