एसइई परीक्षार्थीलाई छुन नपाइने

163
SHARES
905
VIEWS

काठमाडौं । यस वर्षको एसइई परीक्षा केन्द्रमा विद्यार्थीलाई छुन नपाइने भएको छ । कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै परीक्षार्थीलाई कसैले नछुन निर्देशन दिइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्रध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षार्थीलाई कसैले नछुन निर्देशन दिइएको हो।

चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन् । यसको लागि १ हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ । आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार