धनगढी । सुदूरपश्चिम प्रदेशका यि दुई जिल्लामा चैत्र ४ गते भाेलि सार्वजनिक बिदा सुदूरपश्चिम प्रदेश सरकारले दिएकाे छ । कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको छ । राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले सुदूरपश्चिम प्रदेश सरकारले चैत्र ४ गते बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी गरिएको सूचनामा कैलाली कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीद्वारा हस्ताक्षर सूचनामा भनिएको छ ।
Discussion about this post