नेपाल ग्यालेरी सुदुर पश्चिम प्रदेश टिमको दोस्रो भेट

37
SHARES
204
VIEWS

धनगढी
सातै प्रदेशमा रहेको युवा लिडरहरुको समुह नेपाल ग्यालेरी सुदुर पश्चिम प्रदेश टिमको दोस्रो भेट सम्पन्न भएको छ ।

उक्त भेटमा समाजिक क्षेत्रमा कृयाशिल ,विभिन्न कलेजमा पढ्दै गरेका युवाहरु ,पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन अभियानमा सक्रिय बोलन्या थलीका संयोजक यादव जोशी ,धनगढी कपडा बैंकका संथापक सामाजिक कार्यमा अग्रसर देबेन्द्र जोशी लगायतको शहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै बोलन्या थलीका संयोजक यादव जोशीले समाज रुपान्तरणमा हाते मालो गर्दै नेपाल टिम सँग मिलेर अगाढी बढ्ने प्रतिबधता गर्नु भयो ।

कार्यक्रममा समाजमा रहेका समस्याहरु र तिनीहरुका समाधानका लागी नेपाल ग्यालेरीले कस्तो भूमिका खेल्नु पर्छ भन्ने बारेमा छलफल गरिएको थियो ।

नेपाल ग्यालेरी टिमको हरेक प्रदेशमा युवाहरुको संजाल रहेको छ ,सुदुर पश्चिम प्रदेश वाट सुरु भएको टिमले आफ्नो अरु प्रदेशमा पनि छिट्टै अफिसियल भेट गर्ने कुरा संयोजक सागर जोशीले वताउनु भयो ।

 

यस टिमले युवाहरुको व्यक्तित्व बिकाशका कार्यक्रमहरु र सामाजिक रुपान्तरणका लागी काम गर्दै आएको छ ।

 

 

सुदुर पश्चिम प्रदेश टिमले बझाङ घर भइ हाल सुख्खड बस्दै आएका ३५ वर्षीय जग्गी भण्डारी जो नसाको रोग बाट ग्रसित भएर हात र खुट्टा चल्न छोडेपछी आफ्नो परिवार लाई पाल्न र आफ्नो उपचार गर्न आर्थिक अभावको अवस्था देखेपछी टिमले उहांलाई आर्थीक तथा खाधान्न दिएको थियो।

रगत नपाएर कसैको ज्यान नजाओस भन्ने उदेश्यले ब्लड डोनेशन कार्यक्रम अघी सारेको छ ।

हरेक प्रदेशका युवाहरु लाई एकै ठाउंमा बोलाएर
युवाहरुले स्वदेशमा बस्न किन मनिरहेको छैन, अहिलेका युवाहरुले के चाहन्छ र युवाहरु मिलेर नेपालमा भएका अवसरहरु लाई लिएर कसरी जान सकिन्छ भन्ने बारे
सम्मेलनको समेत तयारी गरिरहेको नेपाल ग्यालेरी टिम सोसेल मिडिया फेसवुकमा ग्रुप पेज मा समेत सकृय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार