वि.सं. २०७६ चैत १। शनिवार। इ.स. २०२० मार्च १४ । ने.सं. ११४० चिल्लागा। चैत्र कृष्णपक्ष। पञ्चमी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानको समय लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। मिहिनेतले घर(गृहस्थीमा समृद्धि निम्त्याउन सकिनेछ। व्यापारमा मनग्य अर्थलाभ हुनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर विशेष लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। आँटेको काम बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिहानको समयमा साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। विद्या र धन आर्जनमा सामान्य प्रगति हुनेछ। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता नै आउनेछ। दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर आगन्तुकले अलमल्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ काममा जुट्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा–व्यवसाय फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा मनग्य फाइदा हुनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा प्रशस्त फाइदा हुनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ।
Discussion about this post