धनगढी । नेकपा सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कलवहादुर रावललाई थप सात दिन प्रहरी हिरासतमा राख्न प्रहरीले अनुमती पाएको छ। यसअघि प्रहरीले उनलाई चार दिन हिरासतमा राखिसकेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीले रावलमाथि अनुसन्धानका लागि थप सात दिन म्याद थप गरेको हो। रावलमाथि जवरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएको छ। उक्त मुद्धामा आरोप पुष्टि भए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताएका छन। उक्त मुद्धामा साढे तीन वर्षदेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ।
रावलविरुद्ध धनगढी उपमहानगरपालिका वडा नम्वर ४ की २५ वर्षीय विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला अदालत कैलालीबाट फागुन १५ गते पक्राउका लागि अनुमती पाएकोमा फागुन २१ गते मात्रै पक्राउ गरेको थियो।
Discussion about this post