आज देशभर सार्वजनिक बिदा

84
SHARES
467
VIEWS

काठमाडौं – रंग र रमाइलोको पर्व होलीको अवसरमा सोमवार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पूर्व निर्धा्रित पात्रो अनुसार आज सार्वजनिक बिदा दिइएपनि सरकारले होलीको रमझममा सावधान रहन सूचित गरेको छ । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न सरकारको सुझाव छ ।

एकआपसमा रङ छर्कंदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेत समेत गराइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न अनुरोध गरेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष तथा वीर अस्पतालका फिजिसियन डा. लोचन कार्कीले अहिलेको अवस्थामा होली खेल्न नहुने बताए । होली खेल्ने नाममा भीडभाडमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार