विवाहको केही समय नबित्दै नदीमा हामफाले दम्पती

190
SHARES
1.1k
VIEWS

काठमाडौं । विवाह गरेको केही समय नबित्दै नुवाकोटमा नवविवाहित दम्पती त्रिशुली नदीमा हामफालेका छन । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका –१ , ढुङ्गे बजारका २२ वर्षीय मौसम खाती र २१ वर्षीय सन्जु खाती आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशूली नदिमा हामफलेका हुन ।

त्रिशूली नदी किनारमै घर भएका उनीहरु घरको छतबाट एकै पटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् मौसमलाई घटनालगतै घाइते अवस्थामा प्रहरीले उद्धार गरेको थियो । छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलेलाई खबर गरेका थिए ।

घाइतकोे जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको र मृतकको पोस्टमार्टम गरिएको नुवाकोटका प्रहरी उपरीक्षक अविनायरण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँच्न सफल श्रीमान् मौसमलाई अस्पतालमै प्रहरीले नियन्त्रण र निगरानीमा उपचार गरिरहेको छ । गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार