कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले आफु माथि लगाइएको आरोप झुटो भएको बताएका छन् । उनले आफ्नो बदनाम गराउने उद्श्यले नियोजित रुपमा प्रहरीमा उजुरी दिएको बताउनु भयो ।
सांसद रावलले भने प्रहरीले पक्राउ गरेको होईन, मेरो नाममा उजुरी आएको थाहा पाएपछि म आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको हु, । मिडिया जसरी मेरोबारेमा दुश्प्रचार गरिएको छ । यो गलत हो । बलात्कार गरेको कुनै प्रमाणले पुष्टि गरे म जुनसुकै सजाय पनि भोग्न तयार छु ।
राजनीतिक प्रतिसोधका कारण आफुलाई बदनाम गराउन खोजेको सांसद रावलको भनाइ छ । साथै सांसद रावलले आफुलाई फसाउने खेल भइरहेकोले प्रहरीले निश्पक्षरुपमा रुपमा छानबिन गर्नु पर्ने र त्यसमा आफुले पनि सहयोग गर्ने बताउनु भएको छ ।
Discussion about this post