नयाँ मिर्गौलाले ‘काम गर्न थाल्यो, प्रधानमन्त्री ओलीले आधा लिटर पिसाब फेरे’

338
SHARES
159
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो। डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। प्रत्यारोपण प्रक्रियामा झन्डै दुई दर्जन चिकित्सक सहभागी भए।

नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवालीले बताए। शल्यक्रियापश्चात् बुधवार नै एउटा छोटो पत्रकार सम्मेलनमा बोल्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए।

“उहाँका सबै मुख्य सूचकांकहरू राम्रो रहेको छ र प्रत्यारोपित मिर्गौलाले पनि काम सुरु गरिसकेको छ,” उनले भने। प्रधानमन्त्रीलाई हाल प्रत्यारोपण उपचार कक्षमा राखेर उपचार गरिराखिएको जनाइएको छ।

प्रधानमन्त्रीलाई मिर्गौला दिने “उहाँकी भान्जी समीक्षा संग्रौलाजीको स्वास्थ्य स्थिति पनि सामान्य रहेको” अस्पतालको प्रेस विज्ञप्तिमा जनाइएको छ। ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन्। शल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले बीबीसीसँग भनेका थिए, “वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार