मानवता बिरोधी कांग्रेसः हेटौँडामा राँके जुलुश निकालेर प्रधानमन्त्री विरूद्ध नाराबाजी

52
SHARES
291
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीको आज मृगोला प्रत्यारोपण हुँदैछ । मृगौलाको संक्रमणबाट मृत्युशैयामा रहेका प्रधानमन्त्रको स्वास्थ्यलाभको कामना गर्दै यतिबेला नेपालको विभिन्न क्षेत्रमा दिप प्रज्वलन कार्यक्रम समेत भैरहेको छ । तर मकवानपुरमा भने नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य, अमर्या्दित प्रर्दशन गरेका छन् ।

आफुहरुलाई लोकतन्त्रको संवाहक ठान्ने पार्टीका कार्यकर्ताहरुले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्घिको विरुद्धको नाममा गरिएको राँके जुलुसमा मानवताकोनै धज्जी उडने गरि“आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ” भन्ने नारा जहित नगर परिक्रमा गरे । प्रधानमन्त्री ओली अस्पतालमा उपचारर्थ रहेको अवस्थामा नेविसंघ र तरुण दलका कार्यकर्ताहरुको यस्तोखाले रबैयाले मानवताकै खिल्ली उडाएको हेटौँडाका नागरिकले टिप्प्णी गरेका छन ।

नेविसंघ र तरुण दलको यो प्रर्दशन पछि सामजिक सञ्जाल फेसबुक, टुईटरमा समेत यो विषयले स्थान पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार