विप्लवका अछाम जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ

392
SHARES
555
VIEWS

अछाम । अछाममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ परेका छन् । उनीहरु जिल्लाको धमालीबाट पक्राउ परेका हुन् । स्थानीय एक विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले पक्रेको हो ।

बझाङ घर भएका मल्ल लामो समयदेखि अछाममा सेक्रेटरीका रुपमा खटिएका थिए । उनीसँगै पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य तथा तुर्माखाँद गाउँपालिका इन्चार्ज तिलक विष्ट र पार्टीका सदस्य प्रेमबहादुर बुढा रहेका छन् । स्रोतका अनुसार विष्ट धमालीकै स्थानीय हुन् भने बुढा ढकारी गाउँपालिकाका हुन् । पक्राउ परेका तिनै जनालाई सदरमुकाम मंगलसेनमा रहेको जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक भारतीले पक्राउ गरिएको पुष्टी गरे पनि उनीहरुको अन्य विवरण भने हिरासतमा नपुगेसम्म दिन नमिल्ने बताए । स्रोतका अनुसार विद्यालयभित्र कार्यक्रम गरिरहेका बेला गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार