माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा

114
SHARES
124
VIEWS

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका(२ का बासिन्दा हुन् ।

पूर्व माओवादी कार्यकर्तासमेत रहेका उनले नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा आइतवार अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएन । राष्ट्रिय सभागृहको दर्शक दीर्घामा रोस्टमपट्टीको घेरामा बसेका उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गरेसँगै उनलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

रतनका बुबा मोहन तिरुवा माओवादी जनयुद्धकालमा मारिएका थिए । रतनलाई सिंहदरवार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखारीका प्रवक्ता एसएसपी श्याम प्रसाद ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार