तपेन्द्र धामि,अछाम । पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का स्व. वडाअध्यक्ष पदम बहादुर धामीको हत्यारा पत्ता लगाउन दवाद दिनका लागी सर्वदलिय भेला सम्पन्न भएको छ ।
नेपाली काँग्र्ेस पन्चदेवल विनायक नगरकार्य समितीका सभापति खेमराज अधिकारीको अध्यक्षतामा भएको भेलामा पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा,नगर उप प्रमुख अम्बिका चलाउने, नगरपालिकाका अन्य जनप्रािनीधी, नेपाली काँग्रेसका महादिवेसन प्रतिनीधी सुरत बहादुर विष्ट, काँग्रेस अछामका सचिब नम बहादुर शाही ,पार्टी सह सचिब तथा पार्टी प्रबक्ता वेदप्रकाश तिमील्सैना,नेपाली काँग्रेस क्षेत्र नम्बर २ अछामका क्षेत्रिय सचिब टँक बहादुर धामी,नेका पूर्व जिल्ला सचिव राम बहादुर शाही, नेपाली काँग्रेस पन्चदेवल विनायक नगरकार्य समितीका पदाधिकारी, समाजसेवी वुद्धिजिी लगायतले घटनाको छानविन प्रक्रियामा ढिलाई भएको भन्दै दबादका कार्यक्रम अगाडी बढाउनुपर्ने बताएकथिए ।
भेलाले स्व।पदम बहादुर धामीको हत्यारा पत्ता लगाउन सरोकारलालाई दबाब दिन नेपाली काँग्रेस पन्चदेवल विनायक नगरकार्य समितीका सभापति खेमराज अधिकारीको सँयोजकत्वमा २५ सदस्यीय सँघर्स समित िसमेत गठन गरेको छ ।
यसै विच पन्चदेवल विनायक नगरपालिका वडा नँ. २ का वडा अध्यक्ष स्व. पदम बहादुर धामीको हत्तयारा पत्ता लगाउनका लागी दवाद दिन बनेको समितलिे सँघर्सका कार्यक्रमहरु आज नै सार्वजनिक गरेको छ ।
समितीक सँयोजक खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले फाल्गुन १८ गते जिल्ला प्रशासन कार्यालय,जिल्ल समन्वय समिती,जिल्ला प्रहरी कार्यालय,पन्चदेवल विनायक नगरपालिकामा ज्ञापन पत्र पेश गर्ने, फाल्गुन २२ गते पन्चदेवल विनायक नगरपालिकामा शान्तिपूर्ण जुलुस गर्ने,फाल्गुन २३ गते पन्चदेवल विनायक नगरपालिकामा आम हड्ताल गर्ने र फाल्गुन २५ गते थप आन्दोलनका कार्यक्रम तय गर्ने लगायतका निर्णहरु गरिएकाछन् ।
फाल्गुन २३ गतेको आम हड्तालमा पन्चदेवल विनायक नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी ,गैरसरकारी कार्यालय , यातायात सम्पूर्ण बन्द गर्ने समेत सँघर्स समितीले जानकारी दिएको छ ।
Discussion about this post