गौतम र खतिवडा दुबैलाई मनोनयन नगर्ने ओलीको तयारी !

126
SHARES
701
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको लागि उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री युवराज खतिवडा दुबैको नाम सिफारिस नगर्ने तयारी गरेका छन् । गत माघ ९ गते भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको सपथ आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।

राष्ट्रियसभाका निर्वाचित सदस्यहरूको शपथग्रहण फागुन २१ मै हुने भएपनि राष्ट्रपति बाट मनोनीत हुने सदस्यको सिट तत्कालका लागि खालि राख्ने तयारी प्रधानमन्त्री ओलीको छ । युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन भने प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन उनलाई मन्त्रीपदको शपथ गराउने तयारी छ ।

मन्त्रीको रूपमा शपथ लिएपछि ६ महिनाका लागि मन्त्री हुने पाउने संवैधानिक प्रावधान छ । सचिवालयले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय कार्यान्वयन नगराउन ओलीले नयाँ रणनीति बनाएका हुन् । यसले सत्तारूढ नेकपा भित्रको विवाद अझै चर्कने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार