‘महराका सन्तानले मलाई मार्ने षडयन्त्र गर्दैछन्’ : रोशनी शाही

750
SHARES
4.2k
VIEWS

पछिल्लो समय पुर्वसभामुख कृष्ण बहादुर महरासँगको सम्वन्धलाई लिएर निकै विवादित बनेकी पात्र रोशनी शाहीले आफुलाई महराका सन्तानले मार्ने षडयन्त्र गरेको बताएकी छिन् । बिहीबार सामाजिक संजालमार्फत शाहीले आफ्नो मुख बन्द गर्नका लागि मान्छे लगाएको बताएकी छिन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘कुन दिन मलाई महराका सन्तानले मार्ने षडयन्त्र गर्दैछन् बकपत्र नहुदा सम्म मेरो जिउ हजुर गरे अब काम सकियो धेरै बोल्न थाली भनेर मुख बन्द गर्न मान्छे लगाउदै छन् ।’

स्टाटसबारे प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा उनले आफुमाथि फोन तथा एसएमसमार्फत विभिन्न धम्कीहरु आउन थालेको कारण यस्तो स्टाटस लेखेको बताएकी छिन् ।

आफुमाथि जबरजस्तीकरणीको प्रयास भएको भन्दै एक संचारमाध्यमलाई अन्तरवार्ता दिएकी रोशनीले केही समयमा नै महरालाई फसाउने प्रपञ्चअनुसार आफुलाई प्रयोग गरेको भन्दै महराको बचाउ गरेकी थिईन् । काठमाडौँ जिल्ला अदालतले महरालाई निर्दोष सावित गर्दै रिहा गरेपछि पनि शाहीले महराले न्याय पाएको बताएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार