म लगायत सबै नेताको सम्पत्ति छानविन गरौं : डा. भट्टराई

16
SHARES
90
VIEWS

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई सम्झँदै अकबर बीरबलको कथा सुनाएका छन्।

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्नै भट्टराईले प्रिन्टिङ प्रेस प्रकरणसँग जोडेर उक्त कथा सुनाएका हुन्। अकबर राजाले आफ्नो जुँगा तान्नेलाई के सजायँ दिने भनेर सोध्दा अरु गम्भीर सजायहरु सिफारिस गरिरहँदा बीरबलले मुसुमुसु हाँस्दै मिठाई खुवाउने पर्ने सुझाएको प्रसंग उनले सुनाए। ‘बीरबलको जवाफ थियो तपाईंको जुंगा तान्न तपाईंकै काखमा बसेको नातिले बाहेक कसले सक्छ ? उसलाई त मिठाई नै खुवाउनुपर्छ नि।’ बीरबलको जवाफ सम्झाउँदै उनले भने।

उनले सरकारको दुईवर्षे कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भएको टिप्पणी गरे। ‘सरकारको दुई वर्षको कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भन्ने टिप्पणी भुइँ तहका जनताबाट मैले सुनिरहेको छु,’ उनले भने, ‘कतिपय मानिसहरूले यो दुई वर्ष खेर गएका वर्ष भनेर भनेका छन्। विषयमा छुट्टै छलफल होस्।

उनले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरे। उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए।

उनले सबै शीर्ष तहका नेताहरुको सम्पत्ति छानविनको माग समेत गरे। डा. भट्टराईले प्रधानमन्त्री ओलीको जिल्लामा रहेको बुकुरो घरबाट काठमाडौंमा महल बनाइएको विषयमा प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको तेह्रथुमको बुकुरो घरबाट काठमाडौंमा महल कसरी भयो ? छानविन गरौं।

अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु कसरी चिल्लो कारमा हिँडेका छौं ? हामी सबैको सम्पति छानविन हुनुपर्छ।’ भट्टराईले जनलोकपाल बनाएर भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग पनि गरे। संविधान संशोधनको चर्चा गर्दै भट्टराईले भने, ‘कार्यकारी निर्वाचित राष्ट्रपति, समानुपातिक संसद र जनलोकपाल विलका विषयमा संविधान संशोधन होस्। जस्केलाबाट कसैलाई प्रधानमन्त्री बनाउन होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार