काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा प्रीय पात्र सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको पाइएको छ । कमिसनको सेटिङ गर्दै गरेको अडियो हाम्रा कुरा डटकमले सार्वजनिक गरेको छ ।
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले सोझै कमिसनको सेटिंग गरेका छन् ।
उनीहरुबीच कमिसनको रकम समेत खुलेरै कुरा भएको छ । सेक्युरिटि प्रेस प्रीन्टिङ प्रेस खरिदका क्रममा हुँदै गरेको कमिसनको डिलले सञ्चारमन्त्री गोकुल बास्कोटाको पद धरापमा परेको छ ।
७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा आफूले भ्रष्टाचार नगर्ने र गर्नेमाथि कारबाही गर्ने बताइरहँदा उनी निकट मन्त्रीकै यस्तो कर्तुत बाहिर आएको छ । स्रोत भन्छ प्रधानमन्त्रीले गोकुल बास्कोटा लगायत प्रीय पात्र मार्फत धन्दा चलाईरहेका छन् । गोकुलले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट स्थित घर समेत रेखदेख गर्दै आईरहेका छन् ।
आश्चर्य त के छ भने यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए । उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ । हामिले याे समाचार हाम्राकुरा डटकमबाट लिएका हाैं ।
अडियो र पुरा समाचार पढ्न हाम्राकुरा याे लिङ्क खाेल्नुहाेस्
Discussion about this post