अछाम कारागार भित्र एक कैदी मृत भेटिए

92
SHARES
513
VIEWS

अछाम । अछाम जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्।

मंगलबार बिहान ढिलोसम्म नउठेपछि अन्य कैदीबन्दीले हेर्दा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

मृतकका आफन्तलाई बोलाइएको र उनीहरु आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ। मृत्युको कारण खुल्न नसकेको बताउदै अन्य अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख भारतीले जानकारी दिए।

कर्तव्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार