पूर्णबहादुर खड्का, ६ फागुन अछाम । जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा हुन लागेको प्रथम प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोली बुधबार बाट सुरु हुने उक्त प्रतियोगिताको लागि सबै तयारी लगभग सकिएको आयोजकले जनाएको छ ।
प्रतिोगिताको लागि मञ्च व्यावस्थापन, गेट निर्माण लगायतका आवश्यक तयारी पुरा भएको जिपी कोईराला प्रतिष्ठान अछामका सचिव कृष्ण कुवँरले बताउनु भयो । प्रतियोगिताको उद्घाटनका लागि प्रमुख अथिति, बिशिष्ट अथित लगायतका अथितिगणहरु आजै बेलुका पुग्ने प्रतिष्ठानका अध्यक्ष यज्ञराज ढुंगानाले बताउनु भयो ।
प्रतियोगितामा सहभागी हुन विभिन्न क्षेत्रबाट १० वटा टिम दर्ता भईसकेका र बाँकी टिम दर्ता गराउने काम पनि जारी रहेको आयोजकको भनाई छ । भोली १२ बजे सम्म टिम दर्ता गराउने समय तोकिएको छ ।
स्वर्गिय पूर्व प्रधानमन्त्री एवंम ततकालिन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको स्मृतीमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रथम पुरुस्कार राशी ५ लाख तोकिएको उक्त प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री माननिय दिलेन्द्र प्रसाद बडुले गर्ने प्रचार प्रसार समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
Discussion about this post