टेकबहादुर थापा, अछाम । कमलबजार नगरपालिका वडा न १० घोडासैनका सुनौला हजार दिनका आमाहरूलाई अण्डा, घिउ र झोला वितरण गरिएको छ । नगरपालिकाको महिला संग उप प्रमुख सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत अण्डा, घिउ र झोलावितरण गरिएको हो ।
नगरपालिकाले वडाका १४ जना महिलाहरूलाई एक केजी घिउ, ईक क्यारेड अण्डा र झोला वितरण गरेको नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईले जानकारी दिनुभएको छ ।
सुनौला हजार दिनका आमाहरूलाई पोषण युक्त खाने कुराको बानि विकास गर्ने र आगामि दिनमा पोषण युक्त खानेकुरालाई निरन्तरता दिने उदेश्यले कार्यक्रम संञ्चालन गरिएको उहाँको भनाई छ ।
वडा न १० का अध्यक्ष भिम बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख ओमप्रकाश बिष्टले राष्ट्रले नै सक्षक नागरिक बनाउन विभिन्न क्षेत्र बाट रकम लगानी गरेकाले पोषण युक्त खानेकुरालाई प्राथामिकता दिनुपर्ने बताउनुभएको छ । राज्यले लगानी गरेको ठाउँमा अब परिणाम देखिनुपर्ने भन्दै पोषणले विकासको पाटोलाई प्रभावकारी बनाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईले पोषण मानव जिवनका लागि निकै महत्त्वपूर्ण भएकाले अब हरेक बार खाना चारको कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
पोषणलाई प्राथामिकता दिन आफुले यो कार्यक्रमलाई अघि बढाएकाले आगामी दिनमा घरमै पाईने पोषण युक्त खानेकुराको ब्यवस्थापन गरि आफु र छोराछोरीलाई खुवाउने बानिको विकास गर्न सुझाव दिनुभएको छ ।
छोरीहरूलाई शिक्षा बाट बञ्चित हुनबाट बचाउन नगरपालिकाले छोरीको खातामा बर्षमा एक हजार जम्मा गरिदिने कार्यक्रम समेत ल्याएको बताउनुभएको छ । नगरपालिकाले नगरका १० वटै वडाका सुनौला हजार दिनका आमाहरूलाई अण्डा, घिउ र झोला वितरण गरेको छ ।
कार्यक्रममा वडाका जनप्रतिनिधि , राजनीतिज्ञ, शिक्षक तथा सरोकारवालाको सहभागीता रहेको थियोे । कार्यक्रमको संञ्चालन नगरपालिकाका पोषण शाखाका प्रमुख पवित्रा भण्डारीले
Discussion about this post