भारतको दादागीरी अझै रोकिएन‚ महाकालीवारि सडक खन्दै

359
SHARES
138
VIEWS

काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ। भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको समाचार कान्तिपुर दैनिकमा छ।

ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्र बयलीधारबाट करिब एक किलोमिटरमाथि डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब ३०० मिटर जतिको डोजर जाने सडक बनाएको छ। एकतर्फी रुपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिँदै र नेपालतर्फको घोरेटो बाटोमा समेत क्षति गरेको छ।

नदीको वारिपारि ठूल्ठूला ढुंगाहरुले पानी नै देखिँदैन। धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्रा्ष्ट्रिय सीमा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो। नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए।

एउटा काठेपुल डेढ महिना अघि र दोस्रो महिना दिन अघि राखेको हो। माल्पा नजिकको काटार नजिक अन्तर्रा्ष्ट्रिय सीमा नदी महाकालीकोबीच भागमा ठूल्ठूला ढुंगा नदीको माथि राखेर पानीलाई ढुंगामुनि छिराएर जुनसुकै सवारी साधन गुड्ने सडकजस्तै पुल बनाएको छ। त्यसको करिब ७०० मिटर पर पेल्सितिमा महाकाली वारपार गर्ने राम्रो काठेपुल राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार