पर्यटकीय क्षेत्र सुरैँकोटमा फहरायो सुर्य चन्द्र

43
SHARES
239
VIEWS

टेकराज भण्डारी,अछाम, अछामको प्रमुख पर्यटकीय क्षेत्र सुरैँकोटमा अछाम बहुमुखी क्याम्पसले भ्रमण गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा जिल्लाको प्रसिद्ध तथा ओझेलमा परेको सुरैँकोट क्षेत्रमा क्याम्पसले शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रमको आयोजना गरेको हो । करिब ९ सय बर्ष पहिले अछामी राज्य स्थापना कालमा जिल्लाको कवालेख र सुरैँकोटमा तत्कालिन राजाको बासस्थान रहेको जानकारहरु बताउँछन् ।

सुरैँकोट राजाले राज गरेको ठाउँ, राजाको मन्दिर षोडशादेवि मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिक क्षेत्र भएकाले यसको महत्व उल्लेखनीय रहेकाले यसको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि क्याम्पसले भ्रमण गरेको अछाम क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले बताउनु भयो ।

अछाम बहुमुखी क्याम्पसका प्राध्यापक, विद्यार्थी गरी १ सय ५० जना बढीले सुरैँकोट क्षेत्रको भ्रमण गरेका हुन् । प्राध्यापक तथा बिद्यार्थीको टोलीले सुरैँको तलाउ, तत्कालिन राजाको षोडशादेवि मन्दिर, टोपी उडाउने डाँडा, दरबारको भग्नावशेष, पूर्वी तथा पश्चिमी प्राङ्गण, पटाङ्गिनी, गडी, मुंग्राको धारा, रानीको कपाल कोर्ने ढुंगा लगायतका स्थलको भ्रमण अवलोकन गरेका छन् ।

सुरैंँकोटमा पहिलो पटक पुगेका र यसको महत्वबारे जानकारी पाएपछि आफु निकै खुसी भएको भ्रमणकर्ताले बताएका छन् । ठुलो र फराकिलो क्षेत्रमा फैलिएको र ठुलो महत्व क्षेत्र रहेको आफुले पाएको सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाहीको भनाई छ । टोपी उडाउने डाँडा एवं षोडशादेवि मन्दिरबाट टोपी जति तल फ्याक्दा पनि माथि नै आएको पाउँदा आफु अचम्म परेको उहाँको भनाई छ ।

चितवन घर भएका प्राध्यापक तेजनारायण पौडेल सुरैँकोट क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण भएकोले भ्रमण गर्न पाउँदा खुसी लागेको बताउनु हुन्छ ।सुरैँकोट क्षेत्रमा तत्कालिन राजाले गर्मी यामको राजधानी बनाएका मंगलसैन नगरपालिका प्रमुख पदम बोहरा बताउनु हुन्छ ।

प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी लगायत जनप्रतिनिधिको पहलमा सुरैँकोट क्षेत्र नेपाल सरकारले प्रवद्र्धन गर्नुपर्ने नयाँ १ सय पर्यटकीय क्षेत्रमा परेको र यसको प्रवद्र्धनमा आफुहरु लागिरहेको नगरप्रमुख बोहराको भनाई छ । हाल सुरैँकोट क्षेत्रसम्म पुग्नको लागि मोटरबाटो निर्माण, मन्दिर निर्माण, षोडशादेवि मन्दिर निर्माणका लागि पहल थालिएको, गोरेटोबाटो मर्मतसम्भार गरी विभिन्न स्थानमा पुग्न सहज पारिएको छ ।

दरबारको उत्खनन गर्ने, तलाउको संरक्षण, अन्य स्थानको पहिचान तथा प्रवद्र्धनको पहल भैरहेको उहाँले बताउनु भयो । अब गुरुयोजना सहित जिमराडी–सुरैँकोट–मालिका–जाजरकोट– धुम्रलोचनी– अयाँरको बण्ड–कैलाशमोठको प्रवद्र्धनमा लाग्ने नगरको योजना रहेको नगरप्रमुख बोहराको भनाई छ ।

सुरैँकोट क्षेत्र मंगलसैन नगरपालिका वडा नम्बर १, २ ,३ र ६ को संगममा पर्ने उच्च डाडामा रहेको छ । उच्च क्षेत्रमा पर्ने, गर्मीमा शीतल तथा रमणीय स्थल भएको, त्यस क्षेत्रबाट अछाम जिल्लाका विभिन्न भू–भागत तथा छिमेकी जिल्ला समेत देखिने गर्दछन् । यसकारण पनि उक्त क्षेत्र पर्यटकका लागि आकर्षक हुनसक्ने अछाम बहुमुखी क्याम्पसका प्राध्यापक नृप चाँडको भनाई छ । सुरैँकोटमा थुप्रै जडीबुढी समेत पाईने गर्दछन् ।

शैक्षिक भ्रमण सफलताका साथ सम्पन्न भएको र विदार्थीका माध्यमबाट समेत जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सुरैँकोट क्षेत्रमा भ्रमण गरी नेपाल भैमण बर्ष २०२० लाई सहयोग पु¥याउन प्रयास गरेको शैक्षिक भ्रमण मूल आयोजक समितिका संयोजक सरस्वती केसीले बताउनु भयो ।

शनिवार नै गंगा माध्यामिक विद्यालयका विद्यार्थी शिक्षकले पनि शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम गरेका छन् । करिब १ सय जना विद्यार्थी तथा शिक्षकको टोलीले सुरैँकोट क्षेत्रको भ्रमण गरेका पत्रकार टेकराज भण्डारीले जानकारी दिनुभयो । नयाँ १ सय पर्यटकीय गन्तव्यमा परेपछि अघिल्लो बर्ष मंगलसैन नगरपालिकाले समेत जिल्लाका सरोकारवाला सहित सुरैँककोटमा अन्तक्रिया गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार