मंगलसेन नगरपालिकाको चालु आर्थिक वर्ष ०७६/७७ को बिधेयक सभा सम्पन्न

29
SHARES
160
VIEWS

होम साउद, अछाम २ फागुन । मंगलसेन नगरपालिकाको चालू आर्थिक वर्ष २०७६÷७७ को बिधेयक सभा सम्पन्न भएको छ । “जनमैत्रि सेवा, सामाजिक अभियान सफलताको वर्ष, सुन्दर नमुना नगरका लागि जनतासंगै परामर्श“ भन्ने नारा सहित सञ्चालन भएको बिधेयकसभामा नगरलाई आवस्यक विभिन्न ५ वटा बिधेयक, कार्य्विधि, नियमावलि तथा निर्दे्शिका पारित गरिएको छ ।

बिधेयक सभामा नगरप्रमुख एवं सभा अध्यक्ष पदमबहादुर बोहराले बिषयगत समिति संयोजकहरुलाई सभामा बिधेयक पेश गर्न, त्यसमाथि छलफल गराउन, र प्रस्तुत गरिएका बिधेयक पारित गराउन सभामा रुलिङ गर्नुभएको थियो ।

सभामा नगर उपप्रमुख सरिता उपाध्यायले आगामि आर्थिक वर्ष २०७७÷७८ को अनुमानित आय–ब्ययको प्रक्षेपण पेश गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहिले चालू आर्थिक वर्षको हालसम्मको प्रगति समिक्षा प्रतिवेदन पेश गर्नुभएको थियो ।

यस्तै बिधेयक सभामा पूर्वाधार विकास समिति संयोजक हरिप्रसाद ढुंगानाले कृषि, पशुवस्तु बिक्री तथा संकलन केन्द्र एवं हाटबजार सञ्चालन, ब्यावस्थापन कार्य्विधि २०७६ पेश गर्नुभएको थियो । यस्तै आर्थिक विकास समिति संयोजक हिरण्ड बोहराले नगरको सार्वजनिक खरिद नियमावलि २०७६ सभामा पेश गर्नुभयो ।

बिपत ब्यावस्थापन समिति संयोजक मान बहादुर बोगटिले बिपद ब्यावस्थापन निर्दे्शिका २०७६, बिधेयक समिति संयोजक नेत्र रावलले बिपद ब्यावस्थापन कोष सञ्चालन कार्यविधि २०७६ र न्यायिक समिति सदस्य पदम सिंह भाटले मेलमिलाप सहजकर्ता सञ्चालन नियमावलि सभामा पेश गर्नुभएको थियो ।

सभामा प्रस्तुत कार्यविधि तथा अन्य प्रतिवेदनहरु छलफल पश्चात अनुमोदन गरिएको छ । सभाले लिएका महत्वपूर्ण निर्णय सार्वजनिक गर्न र नगरको हालसम्मको प्रगति समिक्षाबारे फागुन ४ गते आईतबार बिहान पत्रकार सम्मेलन गरि जानकारी गराईने नगरपालिकाका सूचना अधिकारी नरेश बहादुर कठायतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार