अछाममा प्रतिबन्धित नेकपाले मनायो जनयुद्ध दिवश

22
SHARES
121
VIEWS

अछाम । प्रतिबन्धित नेपाल कम्न्युस्ट पार्टी नेकपा ले आज अछामको ढकारी गाउपालीका वडा नः २ मा २५ औँ जनयुद्ध दिवश भब्य रुपमा मनाएको छ । जिल्ला कमिटिका सदस्य तथा ढकारी गाउँपालीका का सेक्रेटरी जगत साउँदको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका जिल्ला ईन्चार्ज नविन देउबा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै देउबाले जनयुद्धका अधुरा सपनाहरु लाई एकिकृत जनक्रान्ती मार्फत बैज्ञानीका समाजबादको स्थापना गरी पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । पार्टिको स्पष्ट बिचार हुँदा हुँदै पनि अहिलेको सरकारले जबरजस्ती रुपमा प्रहरी परीचालन गरी आफनो कार्यक्रम लाई अबरुद्ध पार्दै आएको आरोप लगाउनुभयो । अब पनि आफनो पार्टी माथि दमन गरेमा आफुलाई सैह्य नहुने चेतावनी दिनुभयो । अबको अभियान भ्रस्टचारीका बिरुद्ध हुने पनि उनको भनाई थियो ।

कार्यक्रममा जिल्ल कमिटि सचिब भरत मल्ल,सचिवालय सदस्य लोकेन्द्र शाही,जनसरकार प्रमुख निरक शाही,युवा सँगठनका केन्द्रीय सदस्य ईन्द्र साउँद,जिल्ला कमिटिका सदस्य बिकास बिस्ट,बिज्ञान साउँद लगाएतका अतिथिहरु रहनुभएको थियो । कार्यक्रममा सामना साँस्कृतिक परीवारको प्रस्तुति पनि देखाईएको थियो । जिल्ला कमिटि सदस्य तपेन्द्र शाहीको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन आरोह नेपालीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार