शहिदले देखाएको बाटोमा अघि बढाैँ : नेता न्याैपाने

36
SHARES
199
VIEWS

टेकराज भण्डारी, अछाम, जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुप्रति श्रदाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम अछाम सदरमुकाम मंगलसैनमा सकिएको छ । अनेरास्ववियू अछाम बहुमुखी क्याम्पस ईकाइ कमिटिको आयोजनामा क्याम्पस प्रांगणमा नेपालको नक्सा तथा झण्डाको नक्सामा दीप प्रज्वलन गरी कार्यक्रम गरिएको हो । क्याम्पस ईकाइ कमिटि अध्यक्ष सिद्धराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सदस्य तथा कार्यालय सचिव नमराज न्यौपाने रहनु भएको थियो । प्रमुख अतिथि न्यौपानेले शहिदले देखाएको बाटोमा अघि बढ्दै देश विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

 

न्याय, अत्याचार र कुशाशन बिरुद्धमा शहिदले दिएको बलिदानीलाई आत्मसाथ गर्दै सुमुन्नत राष्ट्र निर्माणको लागि सबै अग्रसर हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा नेकपा अछामका सदस्य तथा अनेरास्ववियूका केन्द्रीय सदस्य डम्बर बिसी, नेकपा नेता लिलाराज भण्डारी, प्रेस संगठनका केन्द्रीय अनुशाशन समिति सदस्य टेकराज भण्डारी, अनेमसंघका लक्ष्मी बोगटी, अनेरास्ववियूका अछाम सहसंयोजक निरक शाही, शिव विक लगायतले शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहिदे देखाएको बाटो र जनआन्दोलनको मर्म अनुसार देश विकसको गतिलाई अघि बढाउनुपर्ने बताउनु भएको थियो । कार्यक्रमको संचालन अनेरास्ववियू अछाम बहुमुखी क्याम्पस ईकाई कमिटि सहसंयोजक सरस्वती केशीले गर्नुभएको थियो ।

याे पनि पढ्नुहाेस 

जन आन्दोलन तथा जनयुद्ध दिवस दिवसको अवसरमा नेकपा कमलबजार नगर कमिटिले एक कार्यक्रम सम्पन्न गरेको छ । नगर कमिटिका अध्यक्ष खेमराज जैशिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश कमिटिका सदस्य बम बः रावत प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावतले समाज रुपान्त्रणका लागी नेकपाका कार्यक्रता ईमान्दार बन्नुपर्ने बताउनुभएको छ । समाजमा हुने बिकास निर्माणका कामहरुमा पारदर्शिता का लागी आफैबाट सुरुवात गनुपर्ने भन्दै उहाँले सबै कार्यक्रतालाई समाज परीबर्तनमा सहभागी हुन आग्रह गर्नुभयो ।

तत्कालीन अवस्थामा जनयुद्ध गरेर अहिले शान्ती प्रक्रियामा आउँदा देशले केहि परीबर्तनको आभाष गरेको पनि उहाँल्े उल्लेख गर्नुभयो । कार्यक्रमका अन्य अतिथिमा नेकपाका जिल्ल सचिवालय सदस्य एबम नगर सह–ईन्चार्ज दिपक प्रसाद अधिकारी,रण बः बिस्ट,खडक सिँ भण्डारी,शारदा कुँवर,प्रेम प्र.ढकाल,नगर कार्यालय सदस्य रेबन्त भण्डारी,नगर कार्यालय सचिब प्रेम बः बिस्ट,नेकपा वडा नः ७ का ईन्चार्ज लाल बः बिस्ट,८ नः का ईन्चार्ज मन बः चलाउने,वडा नः १ का अध्यक्ष तपेन्द्र भण्डारी,ट नः का अध्यक्ष राम बः शाही,शिक्षक सँगठनका कम्मान सिँ चलाउने, लगाएतका अतिथिहरु को सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन रेबन्त भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार