झुप्रि भण्डारीकाे सम्झि रुना रुना सर्बजनिक (भिडियो सहित)

361
SHARES
242
VIEWS

सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको पनि आफ्नाेे बेग्लेै माैलिक पहिचान बाेकेर संगीतिक जगतमा उदाएकि झुप्रि भण्डारीकाे पहिलाे देउडा ठाडी भाकाको गित सम्झि रुनारुना सार्बजनिक भएकाे छ । झुप्रिले नेपालकाे पहिलाे रियालिटि साे द भाेइस अफ नेपालमा सोही गित आफ्नै माैलिक गित गाउँदा धेरै दर्शककाे आँखा रसाएका थिए । आजसम्म आफ्नाे आँखाले उज्यालाे र अँध्याराेकाे महसुस गर्न नपाएकि झुप्रिले आफ्नाे जिन्दगीकाे कथाजस्तै गित गाउछिन ।

आँखा नदेखेकै कारणले उनले औपचरिक शिक्षाबाट समेत बन्चित हुनुपर्यो तर पनि उनले सुनेकाे भरमा टपक्कै लय टिपेर आफ्ना पिडालाइ गितमा ढाल्न खप्पिस रहेकि छिन् । आफुलाइ आफ्नाे जिन्दगीदेखि वाक्क लागेकाे र पटक्कै बाच्न मन नलागेकाे अभिव्यक्ति उनका गितमा पाइन्छ । उनका गितमा आमाले नमारेकाे खुव गुनासाे गरेकि छन् । उनका गितमा प्राय निरासावादि चिन्तन पाइन्छ ।

आफ्नै जिन्दगीको वास्तविकतालाई गीतमा उतार्ने झुप्रीलाई काठमाण्डौसम्म ल्याएर संसारभर चिनाएका कमल संघर्षले ‘सम्झी रुना रुना’को गीत लेखनमा सघाएका छन् । गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । गीत सडक मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियो निर्देशन कमल संघर्ष र वरुण रिजालले गरेका छन् । झुप्रीकै घरमा कैद गरिएको भिडियोको दृश्यमा झुप्री सहित उनका बुवा आमालाई देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार