टेकराज भण्डारी, अछाम । प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले अछाममा रहस्यमय मृत्यु भएका वडा अध्यक्ष पदम बहादुर धामीको हत्याराको खोजी गर्न गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्नुहुदै बोगटीले हत्याराको खोजिमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो । छानबिन कार्य चलिरहेको भए पनि स्थानियले महसुस गर्ने गरी छानबिन गर्नुपर्ने सांसद बाेगटीले बताउनु भयो ।
यस्तै बैठकमा बोल्नुहुदै अर्का सांसद राम बहादुर बिष्टले घटना भएको ९ दिन बितिसक्दा समेत दाेषी पत्ता नलागेकाे प्रति दुख व्यक्त गर्नुभयाे । अपराधिको पत्ता नलगाए सदन अबरुद्द गर्ने सांसद बिष्टले चेतावनी दिनुभयो ।
उहाले भन्नुभयो प्रहरी कार्यालयको एक किलोमिटर भित्रको घटनामा सिआईबिको कुकुरले काम गर्न किन सकेन ? “कतै जनताको आँखामा छारो हाल्न पो कुकुर लगेको हो कि गृहमन्त्री ज्यु समक्ष जवाफ माग गर्दछु ।” उहाँले भन्नुभयाे ।
Discussion about this post