अछाममा अब विकासले फट्को मार्छ : सांसद बोगटी

795
SHARES
575
VIEWS

अछाम । अछाम क्षेत्र न २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीले जिल्लामा रहेको गरिबि र पछौटेपनका बिषयमा अाफुले पटक पटक संसदमा अावाज उठाईरहेको बताउनुभएको छ । क्षेत्र न २ को मुहार फेर्नका लागि अाफुले उचित बजेटको ब्यवस्थापन गरेकाले अब यो क्षेत्रले विकासमा फट्को मार्ने बताउनुभयो ।

तराई बाट अछामलाई जोडने महत्त्वपूर्ण सडकहरूमा उचित बजेट बिनियोजन गरिसकेकाले अब तराई बाट पहाड जोडिने विश्वास ब्यक्तगर्नुभो छ । क्षेत्र न २ का सबै क्षेत्रमा बिद्दुत विस्तारका लागि पहल भईरहेकाले अब चाडैं सबै वडा र टोलहरूमा बिजुलि बल्ने भन्दै स्थानीयले पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा मंगलसेन नगरकमिटि वडा न १ ले अायोजना गरेको कार्यकर्ता भेला तथा राहत वितरण कार्यक्रममा बोल्दै सांसद बोगटीले अषाढ मसान्तसम्म बाकी रहेका पालिकाहरूमा बिद्दुत विस्तार हुने बताउनुभयो । स्वास्थ्य सबैभन्दा बढि महत्त्वपूर्ण क्षेत्र भएकाले स्वास्थ्य चौकी नभएका वडाहरूमा स्वास्थ्य चौकी स्थापनाकालागि अाफ्नो बिशेष पहलमा स्थापना भएकाले अब स्वास्थ्यकर्मीको पदपूर्तिका लागि पहल गरिरहेको उहाको भनाइ छ ।

गाउँमा विकासका लागि पर्याप्त बजेट अाएपनि स्थानीयले सहिसदुपयो नगर्ने, अनावश्यक विवाद गर्ने कारणले विकासका लागि अाएको रकम फिर्ता जाने समस्या रहेकाले विकासका लागि अाएको बजेटको सहि सदुपयोगका लागि लाग्न स्थानीयलाई अनुरोध गर्नुभएको छ । अाफुले चुनावताको समयमा जनाएका प्रतिबद्धता अनुसार सुवाखाद,खेतगैरा र ढकारी सम्मको सडकलाई अाफुले प्राथमिकता दिएको उहाको भनाइ छ ।

वडा कमिटी अध्यक्ष मिनराज नाथको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नगर सहसंयोजक रामराज नाथ, जिल्ला कमिटी सदस्य भिम राना, शिव बहादुर बोगटी , वडा न १ का अध्यक्ष गोपाल थापा, २ का अध्यक्ष मान बहादुर बोगटी , वडा न ३ का अध्यक्ष पदम सिं भाट, पार्टीका नेता कल्लान सिं बोगटी , नगरकमिटि सदस्य पुर्ण बोगटी , रमेश बोगटी , तेजराज नाथ, पहराम राना,मनिराम थापा, बाले नाथ लगायतको सहभागीता रहेको थियो ।

नगरकमिटि सदस्य पुर्ण बहादुर रानाको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संञ्चालन वडा कमिटी सचिव कमल थापाले गर्नुभएको थियोे । सोही कार्यक्रममा पार्टीको वडा कमिटी र विभिन्न क्षेत्र बाट संकलित ५ हजार नगद, खाद्यान्न र भाडाकुडाहरू वडा न १ ढुंगानिका अागलागि पिडित सर्जन थापालाई हस्तान्तरण गरिएको वडा कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार