अछाम । कमलबजार नगरपालिकामा छाउपडि गोठमुक्त गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । नगरका एकपछि अर्को गरि वडाहरू धमाधम छाउपडि गोठमुक्त घोषण गरिएपछि अभियान अन्तिम चरणमा पुगेको हो । शुक्रबार सम्म नगरका ९ वटा वडा छाउपडि गोठमुक्त घोषणा भएका छन । शुक्रबार वडा न १० घोडासैनलाई एक समारोहका विच छाउपडि गोठमुक्त वडा घोषण गरिएको छ ।
वडा अध्यक्ष भिम बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख अोमप्रकाश बिष्ट प्रमुख अतिथि रहनु भएको थियोे भने उप प्रमुख भूमीसरण ढकाल बजगाई र वडा न ७ का अध्यक्ष गोबिन्द भण्डारी बिशिस्ट अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा नेपाका जिल्ला कमिटी सचिवालय सदस्य कटक बहादुर साउद, खडक भण्डारी र नेपाली काग्रेसका जिल्ला सदस्य तप्त बहादुर बिष्ट , नेकपाका नगर अध्यक्ष खेमराज ढुंगाना , नेपाली काग्रेसका सर्प बिष्ट , पत्रकार महासंघका कोषाध्यक्ष टेक बहादुर थापा, पोषण शाखाका संयोजक पवित्रा भण्डारी , ईलाका प्रहरी कार्यालयका कृष्णराज पन्त, वडा न ४ का अध्यक्ष ललित ढोली, वडा सदस्य मोहन सिं देउवा , राधिका भुल, ढकारी गाउपालिका ८ का सदस्य चक्र प्रसाद धमाला, धामी जब्बर बहादुर बिष्ट लगायतको सहभागीता रहेको थियोे ।
कार्यक्रममा बोल्ने स्थानीय सरोकारवालाले अागामी दिनमा छाउपडि कुप्रथाका विरूद्व सधैं अावाज उठाई रहने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्टले कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराउनु भएको थियोे भने संञ्चालन वडा सचिव राम बहादुर बिष्टले गर्नुभएको थियोे । घोषणसभा कार्यक्रममा विभिन्न सास्कृतिक झाकिहरू समेत प्रस्तुत गरिएको थिए । माघ २५ गते अन्तिम वडाको रूपमा वडा न ६ विरपथलाई छाउपडि गोठमुक्त तथा पुर्ण सरसफाइ युक्त वडा घोषणा गरिने नगरपालिकाले जनाएको छ ।
पालिका स्तरमा संञ्चालित स्वास्थ्य संस्था हरूको समीक्षा कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख अोमप्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत खड्क बहादुर बिष्ट , नगरपालिकाका सुब्बा पूर्ण प्रसाद बजगाई, पत्रकार महासंघका कोषाध्यक्ष टेक बहादुर थापा लगायत विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागीता रहेको थियोे । कार्यक्रममा स्वास्थ्य संस्था बाट प्रदान गरिने सेवा र अागामी दिनमा गरिने गतिविधिको बारेमा बृहत छलफल गरिएको थियोे । कार्यक्रमको संञ्चालन कमलबजार नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख टेक बहादुर बिष्टले गर्नुभएको थियोे ।
Discussion about this post