वडा अध्यक्ष धामीकाे शव पाेष्टमार्टम गर्ने तयारी

211
SHARES
183
VIEWS

अछाम । संकास्पद अवस्थामा मृत भेटिएका अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शव जिल्ला सदरमुकाम मँगलसेन ल्याईएको छ । नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेपछि आफन्तहरुको सहमतीमा धामीको शव पोष्टमार्टमका लागी जिल्ला सदरमुकाम मँगलसेन ल्याईएको हो ।

नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाका अनुसार अनुसन्धान नटुंगिदासम्म वडा र नगरका सम्पूर्ण सरकारी काम काज बन्द गर्ने, बिनायक बजारमा धामीको सालिक स्थापना गर्ने,मृतकका ३ सन्तानलाई १२ कक्षा सम्म नगरपालिकाले अध्यापन गराउने निर्णय समेत गरिएको छ ।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिनु भएको थियो । प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ ।४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । वडा अध्यक्ष पदमबहादुर धामीकाे शव पाेष्टमार्टमका लागि अहिले जिल्ला अस्पतालमा राखीएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार